• surkhet online bazar
  • schedule शुक्रबार, जेष्ठ १०, २०७६

    कैलालीको गोदावरीमा राजधानी उपयुक्त छैन: सभापति देउवा

    १७ फाल्गुन २०७५, शुक्रबार ०८:०३

    Sharing is caring!

    धनगढी । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको राजधानी कुनै पनि दृष्टिले कैलालीको गोदावरी उपयुक्त हुन नसक्ने बताएका छन् । 

    नेपाल प्रेस युनियन कैलालीले धनगढी विमानस्थलमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले भने, “गोदावरीको तेघरी जङ्गल मासेर राजधानी बनाउने कुरा उपयुक्त हुन सक्दैन ।” उनले वर्तमान दुई तिहाईको सरकारले एक वर्षमा कुनै पनि महत्वपूर्ण काम गर्न नसकेको आरोप लगाए । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सुदूरपश्चिमको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा कैलालीको गोदावरीलाई स्थायी राजधानी बनाउने प्रदेशसभाको निर्णयको स्वागत गरेका थिए ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares