• schedule सोमवार, भदौ २, २०७६

    प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने

    १६ फाल्गुन २०७५, बिहीबार १३:०१

    Sharing is caring!

    काठमाडौँ । आजका लागि तय भएको प्रतिनिधिसभाको बैठक शुक्रबार दिनको ३ बजे बस्ने गरी स्थगन भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले आज एक सूचनामार्फत् आजको बैठक स्थगन भएको जानकारी दिए । 

    बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी प्रतिनिधिसभा सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत सात जनाको निधन भएकामा सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेकाले प्रतिनिधिसभाको बैठक बस्न नसक्ने उनले जानकारी दिए । 

    सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठक शुक्रबार दिनको ३ बजेका लागि तय गरेको महासचिव भट्टराईले जानकारी दिए । 

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares
    error: समाचार copy गर्न पाइने छैन । Khabarera.com