• surkhet online bazar
  • schedule सोमवार, जेष्ठ ६, २०७६

    कर्णाली प्रदेश सभाको तेस्रो अधिवेशन सुरु

    १५ फाल्गुन २०७५, बुधबार १७:०८

    Sharing is caring!

    सुर्खेत । कर्णाली प्रदेश सभाको तेस्रो तथा हिउँदे अधिवेशन बुधवारदेखि सुरु भएको छ । गत कात्तिक २१ गते दोस्रो अधिवेशनको अन्त्य भएको थियो ।
    तेस्रो अधिवेशनको बुधवारको पहिलो बैठकमा दुई वटा विधेयक टेवुल भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले सार्वजनिक प्रसारण सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र सुशासन प्रत्याभूति गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई बैठकमा टेबुल गरेका छन् ।
    त्यसअघि प्रमुख प्रतिपक्ष कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले धारणा राख्दै प्रदेश सरकार गठन भएको एक बर्षको अवधिमा प्रदेशवासीले कुनै उपलव्धी हासिल गर्न नसकेको आरोप लगाए । उनले सुरुवाती चरणमा निकै राम्रो काम गरेर उदाहरणीय बनेको कर्णाली प्रदेश सरकार त्यसपछि सुस्त बनेको टिप्पणी गर्दै यही गति रहेमा संघीयतामा पनि कर्णाली सवैभन्दा पछाडि पर्ने चिन्ता व्यक्त गरे ।
    यसैगरी नेकपाका नेता यामलाल कँडेलले सदनभित्र र बाहिर अव हिसावकिताव खोज्नेहरुको संख्या बढ्दै गएको बताए । यदि अझैपनि राम्रो र जनपक्षीय काम गर्न सकिएनभने हिसाव खोज्नेको भीड झन बढ्दै जाने भएकोले सरकारलाई गम्भीर हुन उनले सुझाव दिए । साथै एक बर्षमा के के ग¥यौं भनेर पनि प्रदेश सरकारले आत्मसमीक्षा गर्नुपर्ने उनको भनाइ छ । अर्को वैठक फागुन १८ गते शनिवार दिउसो १ वजे वस्ने भएको छ ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares