• schedule सोमवार, भदौ २, २०७६

    कर्णालीको प्राथमिकतामा विकास साझेदारले काम गर्नुपर्छ

    १५ फाल्गुन २०७५, बुधबार १६:०३

    Sharing is caring!

    सुर्खेत । कर्णाली प्रदेशको सामाजिक विकासमन्त्री दल रावलले विकास साझेदार निकायले कर्णालीको प्राथमिकतामा काम गर्नुपर्नेमा जोड दिएका छन् । 

    गैरसरकारी संस्था महासङ्घ नेपाल कर्णाली प्रदेशद्वारा आज यहाँ आयोजित ‘प्रदेशस्तरीय बहुपक्षीय नीतिगत छलफल’ कार्यक्रममा उनले भने, “कर्णाली प्रदेशको आवश्यकता र प्राथमिकताका आधारमा साझेदार निकायले लगानी गर्नुपर्दछ ।” 

    मन्त्री रावलले कर्णालीको विकास र समृद्धिमा टेवा पुर्याउन विभिन्न सङ्घ संस्थालाई आग्रह गर्दै सङ्घ संस्थासँग समन्वय गर्न यो प्रदेशमा सामाजिक विकास परिषद् गठन गरिने बताए ।  

    कर्णाली प्रदेश योजना आयोगका सदस्य डा दीपेन्द्र रोकायाले प्रदेशको योजनाभित्र छिरेर मात्र लगानी गर्न साझेदार निकायहरुसँग आग्रह गर्दै बस्तीस्तरबाट छनोट भएर आएका योजनामाथि टेकेर काम गर्दा लक्षित वर्ग समेटिने बताए ।  

    वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले गैससले सञ्चालन गर्ने कार्यक्रमलाई गरीबमैत्री हुनुपर्ने बताउँदै योजना र कार्यक्रमलाई दोहोरोपन हुन नदिन तीन तहका सरकारबीच समन्वय, सहयोग र सहकार्य हुनुपर्ने धारणा व्यक्त गरे । 

    गैसस महासङ्घ नेपालका महासचिव रामप्रसाद सुवेदीले मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनमा गैससको महत्वपूर्ण भूमिका रहेको बताए ।  

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares
    error: समाचार copy गर्न पाइने छैन । Khabarera.com