• surkhet online bazar
  • schedule शुक्रबार, जेष्ठ १०, २०७६

    हेलिकप्टर दुर्घटनाग्रस्त

    १५ फाल्गुन २०७५, बुधबार १५:३७

    Sharing is caring!

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । 

    ताप्लेजुङको दारेढुङ्गामा आज सो हेलिकप्टर दुर्घटनामा परेको थियो । ताप्लेजुङको दारेभीरमा भएको दुर्घटनास्थलमा सुरक्षाकर्मी पुग्दा हेलिकप्टर आगलागी भएको अवस्थामा भेटिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । मन्त्री अधिकारी र पाइलट छ जनाको टोली तेह्रथुमको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन भएको स्थलका लागि गएको थियो । हेलिकप्टरमा आङछिरिङ शेर्पा, अर्जुन घिमिरे, वीरेन्द्र श्रेष्ठ, वीरेन्द्रबहादुर बुढाथोकी र युवराज दाहाल सवार रहेको बताइएको छ ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares