• schedule शनिबार, साउन ४, २०७६

    पर्यटनमन्त्री सवार हेलिकप्टर दुर्घटनाको आशङ्का

    १५ फाल्गुन २०७५, बुधबार १५:०४

    Sharing is caring!

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर आज ताप्लेजुङको दारेढुङ्गामा दुर्घटना भएको आशङ्का गरिएको छ । 

    गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार दारेढुङ्गामा दुर्घटना भएको आशङ्का गरिएको छ । सो हेलिकप्टर दुर्घटना भएको खबर पाएपछि काठमाडौँबाट सो एयरलायन्स कम्पनीको अर्काे हेलिकोप्टर उद्धारका लागि प्रस्थान गरेको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षाकर्मी घटनास्थलतर्फ गएका छन् । सम्पर्कविहीन सो हेलिकोप्टर दुर्घटनाबारे थप विवरण आउन बाँकी छ । 

    मन्त्री अधिकारी र चालकसहित छ जनाको टोली तेह्रथुमको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन भएको स्थलका लागि गएको थियो । 

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares
    error: समाचार copy गर्न पाइने छैन । Khabarera.com