• surkhet online bazar
  • schedule शुक्रबार, जेष्ठ १०, २०७६

    ‘युवालाई राजनीतिमा आकर्षिक गर्ने वातावरण बनाउनुपर्छ’

    ८ फाल्गुन २०७५, बुधबार ०६:२६

    Sharing is caring!

    कावासोती । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले युवालाई राजनीतिमा आकर्षिक गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् । नेपाली काङ्ग्रेस जिल्ला शाखा नवलपुरले ६९औँ प्रजातन्त्र दिवसका अवसर पारी मंगलबार कावासोतीमा राखिएको सम्मान कार्यक्रममा महामन्त्री कोइरालाले अग्रजका योगदानलाई सम्मान गर्दै युवालाई राजनीतिमा आकर्षित गर्ने वातावरण बनाउनुपर्ने बताए ।

    अग्रजका योगदानलाई भुल्न नसकिने भन्दै उनले अग्रजको अनुभव र विगतका इतिहासलाई अनुसरण गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले नयाँ पुस्तालाई विगतको इतिहासका बारेमा जानकारी दिँदै उनीहरुलाई राजनीतिमा आकर्षित गर्नुपर्ने बताए । प्रजातन्त्र दिवसका अवसर पारेर २००७ देखि २०१७ सालसम्म पार्टीमा योगदान पुर्याएका प्रजातन्त्रका सेनानी ४५ जनालाई ‘हाम्रा अग्रज हाम्रो गौरव’पुरस्कारले सम्मान गरिएको हो । ४५ जना विभिन्न व्यक्तित्वलाई मरोणपरान्त सम्मान गरिएको हो । 

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares