• surkhet online bazar
  • schedule शुक्रबार, जेष्ठ १०, २०७६

    अमेरिका–चीन व्यापार वार्ताः सकारात्मक रहेको दुबैको भनाई

    ५ फाल्गुन २०७५, आईतवार १७:१७

    Sharing is caring!

    बेइजिङ । संयुक्तराज्य अमेरिका र चीनका अधिकारीहरुबीच बेइजिङमा जारी व्यापार वार्ता शुक्रबार सकिएको छ, तर दुबै मुलुक यही साता वासिङ्टनमा वार्ता गर्न राजी भएका छन् । 

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता अत्यन्तै राम्रो किसिमबाट अघि बढेको बताएका छन् । तर उनका सल्लाहकारहरुले वार्तामा अझै पनि केही बुँदामाथि विस्तृत छलफल गर्न बाँकी रहेको बताएका छन् । 

    विश्वकै दुई ठूला अर्थतन्त्र रहेका अमेरिका र चीनले एकअर्का विरुद्ध ३६० अर्ब अमेरिकी डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । “व्यापार युद्ध” नाम दिइएको दुई मुलुकबीचको तनाबले विश्वको वित्तीय बजारलाई हल्लाइदिएको छ भने उत्पादन क्षेत्रमा मन्दी आएको छ । 

    दुबै मुलुकबीचको व्यापार वार्ता सकारात्मक दिशातर्फ उन्मूख रहेको भन्दै राष्ट्रपति ट्रम्पले मार्च १ तारिखको अन्तिम समयसीमालाई बढाउने सङ्केत गरेका छन् । यसअघि डिसेम्बर १ तारिखदेखि फेब्रुअरी अन्तिमसम्मका तीन महिनाभित्र वार्ता गरी आपसी असमझदारी हटाउने दुबै देशबीच सहमति भएको थियो । 

    राष्ट्रपति ट्रम्पले मार्च १ तारिखभित्रै नयाँ व्यापार सम्झौता नभए २०० अर्ब मूल्य बराबरका चिनीया सामानमा २५ प्रतिशत करवृद्धि गर्ने यसअघि घोषणा गरेका थिए । उक्त समयसीमा आइपुग्न करिब दुई साता मात्र बाँकी छ । 

    अमेरिकाले चीनमाथि बौद्धिक सम्पत्तिको चोरी तथा जबर्जस्ती प्रविधि हस्तान्तरण गरेको आरोप लगाउँदै आएको छ । साथै, चीनको औद्योगिक नीति संरक्षणमुखी रहेको र विदेशी कम्पनीलाई चीनभित्र प्रतिस्पर्धा गर्न तथा बजार विस्तार गर्न कठिन रहेको एवं व्यापार घाटा बढेको अमेरिकी आरोप छ । 

    चीनले भने विश्व व्यापार संगठन (डब्लुटिओ) को स्वीकृत मान्यताविपरीत अमेरिकाले व्यापारमा अबरोध सिर्जना गर्न खोजेको बताउँदै आएको छ । 

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares