• schedule मङ्लबार, भदौ ३, २०७६

    मुख्यमन्त्री रनिङ सिल्ड : आज पुरुष तर्फ सल्यान र रुकुम पश्चिम भिड्ने

    ५ फाल्गुन २०७५, आईतवार १२:२१

    Sharing is caring!

    सुर्खेत । मुख्यमन्त्री रनिङ्ग सिल्ड भलिवल प्रतियोगिताको उपाधिको लागि आज पुरुष तर्फ सल्यान र रुकुम पश्चिम भिड्ने भएका छन । शनिबार भएको खेलमा सल्यानले दैलेखलाई र रुकुमले सुर्खेतलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन ।

    समूह चरणको पहिलो खेलमा रुकुमलाई हारको स्वाद चखाएको सल्याल पुनः जित हातपार्दै उपाधि चुम्ने दाउमा रहेको छ ।

    यस्तै पहिलो खेलमा सल्यानसंग पराजित भएको रुकुम भने हारको बदलालिदै उपाधि भित्र्याउने शुरमा छ । शनिबार भएको सेमिफाइनलमा घरेलु टोली सुर्खेतलाई उसकै मैदानमा ३ शुन्यको सोझो सेटमा पाखा लागउदै रुकुम उपाधि नजिक पुगेको हो । समूह चरणको खेलमा रुकुम र हुम्ला तथा सेमिफाइनलमा दैलेखलाई हराएको सल्यान ६ अकंका साथ शिर्षस्थानमा रहदै उच्च मनोबलका साथ मैदान उत्रिदैछ ।

    यता रुकुम भने सुमह चरणको खेलमा एक मा हार र एकमा जित निकाल्दै चार अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

    यस्तै महिला तर्फको उपाधिको लागी कालिकोटले रुकुमको सामना गर्ने भएको छ । जिल्ला खेलकुद विकास समितिको खेलमैदानमा भएको रोमाञ्चक खेलमा कालिकोटले सुर्खेतलाई र रुकुमले दैलेखलाई हराउदै उपाधि भिड्न्त पक्का गरेका हुन ।

    यसैबीच घरेलु टोली सुर्खेत दैलेखलाई पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।
    दैलेखलाई ३ (१ को सेटमा पराजित गर्दै सुर्खेतले नगत पचास हजार सहित तेस्रो स्थानमा आफ्नो नाम लेखाएको छ ।

    यता महिला तर्फ भने सुर्खेतलाई पाखा दैलेखले तेस्रो स्थान हासिल गर्न सफल भएको छ । प्रतियोगिताको उपाधि विजेताले महिला पुरुष दुवैतर्फ समान एक एक लाख रुपैयाँ हात पार्ने छन् ।

    उपविजेताले ७५ हजार हात पर्दा तेस्रो हुनेले ५० हजार पाउने आयोजकले सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares
    error: समाचार copy गर्न पाइने छैन । Khabarera.com