• schedule शनिबार, साउन ४, २०७६

    तरंगामा अविभेदसम्बन्धी तालिम

    ३ फाल्गुन २०७५, शुक्रबार १७:०९

    Sharing is caring!

    सुर्खेत । स्थानीय स्तरका मूख्य अभिकर्ता परिचालनका लागि मानव अधिकार र अविभेद सम्बन्धी तीन दिने तालिम बराहताल गाउँपालिका ४ तरंगामा सम्पन्न भएको छ । साझा आवाज परियोजनाको सहयोगमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सुर्खेतको आयोजना तथा बराहताल गाउँपालिका वडा नं. ३ र ४ संगको सहकार्यमा तालिम सञ्चालन गरिएको हो ।

    तालिमको उद्घाटनका क्रममा बोल्दै वडा ३ का अध्यक्ष दत्तबहादुर बराल मगरले विकास र समृद्धिका लागि सबै भन्दा पहिले मानिस मानिस एकै हौऔँ भन्ने भावनाको विकास हुनुपर्ने बताए । वडा नं. ४ का अध्यक्ष टेकबहादुर कठायतले सबै प्रकारका विभेद अन्त्यगरी समावेशी समाज निर्माणका लागि वडाले आफ्ना निती तथा कार्यक्रम बनाउने बताए ।

    कार्यक्रममा बराहताल स्तरीय मानव अधिकार पैरवी सञ्जालका अध्यक्ष कर्णबहादुर बिकले सबै मानिसले आत्मसम्मानका साथ बाँच्न पाउनुपर्ने बताउँदै समाजमा हुने विभिन्न प्रकारका भेदभाव अन्त्य गर्न सामूहिक रुपमा लाग्नुपर्ने बताए । तीन दिनसम्म सञ्चालन भएको तालिममा साझा आवाज परियोजनाका जिल्ला संयोजक इन्द्रबहादुर रसाइली, फिल्ड अधिकृतहरु पुष्पा रौनियार र तारा ढकालले सहजीकरण गरेका थिए ।

    मानव अधिकार, अविभेद र जातिय भेदभाव सम्बन्धी बनेका ऐन कानुनका बारेमा केन्द्रित तालिममा स्थानीय आमा समूह, यूवा क्लव, सामुदायिक वन, विद्यालय लगायतबाट प्रतिनिधित्व रहेको थियो ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares
    error: समाचार copy गर्न पाइने छैन । Khabarera.com