• surkhet online bazar
  • schedule शुक्रबार, जेष्ठ १०, २०७६

    ‘गरीबी निवारण र बेरोजगारी अन्त्यमा सबैको चासो आवश्यक’

    २ फाल्गुन २०७५, बिहीबार ०६:३५

    Sharing is caring!

    दमौली। पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले गरीबी निवारण र बेरोजगारी अन्त्यका लागि सबैको चासो आवश्यक रहेको बताएका छन् । 

    नयाँ शक्ति नेपालले शुरु गरेको ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद’ अभियानअन्तर्गत वुधबार तनहुँ आइपुगेका डा भट्टराईले भानु नगरपालिका–९ बाइस जाँगरमा आयोजित सभामा गरीबी निवारण र बेरोजगारी समस्या हल नभएसम्म देश विकास सम्भव नरहेको बताए । जनताको आर्थिकस्तर उकास्दै समृद्ध मुलुक बनाउनेतर्फ सबै पार्टीको चासो हुनुपर्नेमा उनले जोड दिए ।  

    “राम्रोसँग देश बदल्ने काम नगरेसम्म कुर्चीमा बस्नुको कुनै अर्थ छैन”, उनले भने । उनले खुद्रे योजनाभन्दा दीर्घकालीन महत्वका योजनालाई प्राथमिकतामा राखेर सरकारले काम गर्नुपर्नेमा जोड दिए । पहाडमै समृृद्धिको सम्भाव्यता अध्ययन र पहिचानका लागि गत माघ १५ गते चिवाभञ्ज्याङबाट जनसंवाद थालेका डा भट्टराईले निर्माणाधीन मध्यपहाडी लोकमार्गको कामलाई तीव्रता दिन र गुणस्तर निर्धारण गराउन अभियान थालिएको बताए । यही फागुन १५ गते बैतडीको झुलाघाट पुगेर सम्पन्न हुने यात्राका क्रममा सबै ठाउँमा भइरहेको कामको प्रगति निरीक्षण गरिने डा भट्टराईले बताए ।  

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares