• surkhet online bazar
  • schedule सोमवार, जेष्ठ ६, २०७६

    रेडियोहरुको रोयल्टीलाई कम गराउन सरकार तयार – मन्त्री बाँस्कोटा

    १ फाल्गुन २०७५, बुधबार १७:०८

    Sharing is caring!

    सुर्खेत । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले बनाउन लागेको ऐन नियमप्रति नतर्सन संचारमाध्यमहरुलाई सुझाव दिएका छन् । उनले अव्यवस्थित भएका संचारमाध्यमहरुलाई व्यवस्थित बनाउन विभिन्न ऐनहरु ल्याउने तयारी गरिरहेकोले नतर्सन आग्रह गरे ।

    सामुदायिक रेडियो प्रसारक संघको सुर्खेतमा आयोजित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा मन्त्री बाँस्कोटाले समानुपातिक विज्ञापन नीति निर्माण गरिएको जानकारी दिदैं विज्ञापन बोर्ड, मिडिया काउन्सिल ऐन ल्याउने, सातै प्रदेशमा संचार ग्राम बनाइने, ज्येष्ठ पत्रकार पेन्सन कोषको रकम तीन करोडबाट पाँच करोड पु¥याइने र न्यूनतम पारिश्रमिक अनिवार्यरुपमा लागू गरिने पनि जनाए ।

    रेडियोहरुको रोयल्टीलाई सकेसम्म कम गराउन सरकार तयार रहेको भन्दै उनले सवै मिडियाहरुलाई व्यवस्थित गर्न, सक्षम र सबल गराउन खोज्दा अंकुश लगायो भनेर नबुझ्न समेत आव्हान गरे ।

    कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको सामाजिक रुपान्तरण गर्न रेडियोहरु अझ सशक्त बन्नुपर्नेमा जोड दिदैं प्रतिस्पर्धाबाट स्थापना गरिएका रेडियोहरुलाई व्यवस्थित गर्न आवश्यक रहेको जनाए ।

    नेकपाका सांसद योगेश भट्टराईले अभिव्यक्ति स्वतन्त्रताको हनन् हुने गरी कुनैपनि कानुन नबनाउने आश्वासन दिए । उनले सामुदायिक रेडियोहरुलाई स्थानीय तहसंग प्रत्यक्षरुपमा सहकार्य गर्न सुझावपनि दिए । कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हृदयराम थानीले रेडियोहरुको योगदानलाई सम्मान गर्न सरकारसंग आग्रह गरे । उनले दुई तिहाईको दम्भ देखाएर रेडियोहरुलाई विभिन्न बहानामा अंकुश नलगाउन पनि आग्रह गरे ।

    सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडाको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रममा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, सुर्खेतका प्रतिनिधिसभा सदस्य धु्रवकुमार शाही, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रेमबहादुर विश्वकर्मालगायतले शुभकामना दिएका थिए ।

    शुक्रवारसम्म संचालन हुने सम्मेलनमा मुलुकभरका करिव तीन सय बढी सामुदायिक रेडियोका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares