• surkhet online bazar
  • schedule शुक्रबार, जेष्ठ १०, २०७६

    एक दशकदेखि अलपत्र दलित छात्राबास बन्ने निश्चित

    २९ माघ २०७५, मंगलवार १३:०३

    Sharing is caring!

    सुर्खेत । विगत एक दशक अगाडिदेखि वीरेन्द्रनगरमा निर्माण कार्य थालिएको दलित छात्रावास अव बन्ने भएको छ । छात्राबासका लागि संघीय सरकारले बजेट दिएपछि भवन बन्ने निश्चित भएको हो ।

    भवनको सवै काम सक्नका लागि झण्डै एक करोडको ठेक्का सम्झौता भइसकेको छ । पहिलो चरणमा ५० लाख बजेट प्राप्त भइसकेको शहरी विकास तथा भवन निर्माण संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतले जनाएको छ । कार्यालयका अनुसार काम थालिएपछि बजेट थप हुदैं जानेछ । उक्त छात्राबास निर्माणको काम २०६४ सालदेखि थालिएको थियो ।

    दलित अगुवा भीमबहादुर परियारले पनि छात्राबास निर्माणको काम अलपत्र राखेर दलित विद्यार्थीहरुमाथि विभेद गरिएको गुनासो गरे । उनले विगतमा एक दुई लाख दिएर भवनको कामै नभएको भन्दै अव भने भवन पूरा हुने आशा व्यक्त गरे ।

    यस्तै तत्कालीन सो छात्रावास निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष विमल नेपालीले विगतमा दलित छात्रावास भनिएकै कारणले विगतमा बजेट आउन नसकेको स्मरण गरे । ढिलै भएपनि बजेट प्राप्त भएकोले अव भने भवन बन्ने सम्भावना बढेको उनले बताए ।

    शहरी विकास तथा भवन निर्माण संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतले यस आर्थिक बर्षमा भवन निर्माणका लागि बजेट आइसकेकोले भवन पूरा हुने जनाएको छ । इकाई प्रमुख जगदीश लामिछानेले निर्माण कम्पनीसंग करिव एक करोडको ठेक्का सम्झौता भएको जानकारी दिदैं काम सुरु गर्नका लागि संघीय सरकारबाट ५० लाख बजेटपनि प्राप्त भइसकेको बताए । उनले काम गर्दै जाँदा अपुग रकम पनि आउने र अलपत्र अवस्थामा रहेको सो छात्राबास पूरा गरिने उल्लेख गरे ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares