• surkhet online bazar
  • schedule आइतवार, जेष्ठ ५, २०७६

    माघ महीनामै लालीगुराँस फुल्यो

    १७ माघ २०७५, बिहीबार १२:५३

    Sharing is caring!

    अमरगढी । सधैँजसो फागुन महीनाको अन्तिम सातातिर फुल्ने लालीगुराँस यस वर्ष डडेल्धुरा जिल्लामा माघ महीनाकै पहिलो सातामा फुल्न थालेको छ । लालीगुराँस फुलेपछि फागुन, चैत महीनामा जस्तै वन जङ्गल रङ्गीवीरङ्गी भइ मन लोभ्याउने देखिन्छ । 

    जलवायु परिर्वतनका कारणले सधैँ पुस अन्तिम साता वा माघ महीनाको पहिलो सातामै फुल्ने लालीगुराँस फुलेर जङ्गलमा मनमोहक दृष्य देखिन थालेको छ । लालीगुराँस माघ महीनामै फुल्न थालेपछि स्थानीयवासी हेर्नका लागि लालीगुराँस फुलेको स्थानमै जम्मा हुन थालेका छन् । 

    लालीगुराँस फूल फुल्नका लागि चाहिने तापक्रम फागुन र चैत महीनामा पाइने भए पनि जलवायु परिवर्तनका कारण माघ महीनामै लालीगुराँस फूल फुल्न थालेको जानकार बताउँछन् । डडेल्धुरा जिल्लाका अधिकांश वन जङ्गलमा लालीगुराँस फूल ढकमक्क गरी फुलेका छन् । लालीगुराँस फूलसँग रमाउनका लागि मानिस जङ्गलमा जान थालेका छन् । 

    लालीगुराँस फूल फागुन चैत महीनामा फुल्ने गर्दथ्यो तर केही वर्षयतादेखि बढ्दै गएको गर्मीसँगै लालीगुराँस फुल्न थालेको गन्यापधुरा गाउँपालिका–१ का स्थानीय लक्ष्मण सार्कीले बताए । 

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares