• surkhet online bazar
  • schedule आइतवार, जेष्ठ ५, २०७६

    ‘शैक्षिक गुणस्तरका लागि स्थानीय तह अग्रसर हुनपर्ने’

    १६ माघ २०७५, बुधबार ०७:५२

    Sharing is caring!

    मेलम्ची । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शैक्षिक गुणस्तरका निम्ति स्थानीय तह अग्रसर हुनपर्नेमा जोड दिएका छन् । 

    मेलम्ची नगरपालिका–१ भोटेचौरको सिन्धु भ्याली क्याम्पसको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको शिक्षा विकास तथा प्रविधिसँग जोडिएको हुनपर्ने र त्यही अनुसारको शिक्षा नीति बनाउने बताए ।  

    कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री अग्नि सापकोटाले अबको शिक्षा समाजवादी हुनुपर्ने र सरकारले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । त्यस्तै पूर्वमन्त्री शेरबहादुर तामाङले समृद्ध नेपाल निर्माण गर्न शिक्षाको विकास आवश्यक रहेको बताए । कार्यक्रममा प्रदेशसभा सदस्य इन्द्रमाया गुरुङ, निमा लामा लगायतले शिक्षा विकास गर्नपर्नेमा जोड दिएका थिए ।  

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares