• surkhet online bazar
  • karnali states student admission campaign
  • schedule शुक्रबार, बैशाख १३, २०७६

    ‘समृद्धिका लागि निजी क्षेत्रको सहकार्य आवश्यक’

    ५ माघ २०७५, शनिबार ०६:५७

    चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले समृद्ध नेपाल निर्माणका लागि निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताएका छन् । 

    बाह्रौँ चितवन महोत्सवको समापन समारोहलाई शुक्रबार यहाँ सम्बोधन गर्दै उनले राज्यले सुखी नेपाली समृद्ध नेपालको परिकल्पना गरेअनुसार निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए । रोजगारीको सृजना गर्दै विकास समृद्धि उन्मुख हुनुपर्ने उनको भनाइ थियो । अहिले औद्योगिक नीतिका कारण लगानी बढ्न नसकेकाले उद्योग नीतिका लागि प्रदेश सरकारलाई अधिकार दिइनुपर्नेमा पौडेलले जोड दिए । प्रदेश सरकार निर्माण भएको ११ महीना पुगेको र अहिले सरकारले जनअपेक्षाअनुसारको काम गर्न नसकेको उनले स्वीकार गरे । 

    “अहिले हामीले संस्थागत संरचना बनाएर अघि बढ्नु परेकाले अपेक्षाअनुसारको काम गर्न सकेका छैनौँ,” पौडेलले भने । फरक प्रसङ्गमा मुख्यमन्त्री पौडेलले चितवन महोत्सवलाई राष्ट्रिय वा प्रादेशिक महोत्सव बनाउन आवश्यक रहेको बताए ।  

    कार्यक्रममा प्रदेशसभा सदस्य घनश्याम दाहाल, विजय सुवेदी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला नेता यमबहादुर परियार, नेपाली काङ्ग्रेसका पूर्वजिल्ला सभापति रामकृष्ण घिमिरे, चितवनका प्रजिअ जितेन्द्र बस्नेत, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदी, पोल्ट्री व्यावसायी गुणचन्द्र बिष्ट लगायतले आ–आफ्नो धारणा राखेका थिए । 

    उद्योग वाणिज्य सङ्घ चितवन, जिल्ला समन्वय समिति चितवन र भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा भएको उक्त महोत्सवमा ५७० कक्ष रहेको थियो । महोत्सव मूल आयोजक समितिका संयोजक सहनलाल प्रधानका अनुसार पुस २५ गतेदेखि आजसम्म सञ्चालन भएको महोत्सवमा करीब पाँच लाख दर्शकले अवलोकन गरेका थिए भने रु ३० करोड बराबरको कारोवार भएको थियो ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe