• surkhet online bazar
  • karnali states student admission campaign
  • schedule शुक्रबार, बैशाख १३, २०७६

    कुमारी बैंकले आठ दशमलव पाँच प्रतिशत शेयर लाभांश दिने

    २६ पुष २०७५, बिहीबार १६:३९

    काठमाडौँ । कुमारी बैंकले आफ्ना शेयरधनीलाई आठ दशमलव पाँच प्रतिशत शेयर लाभांश दिने भएको छ । 

    बैंकले आर्थिक वर्ष २०७४-७५ को नाफाबाट रु ६० करोड ८८ लाख ८८ हजार ५७३ बराबरको शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको चुक्ता पूँजी रु सात अर्ब १६ करोड ३३ लाख ९४ हजार ९७३ बराबरको आठ दशमलव पाँच प्रतिशत शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 
    बैंकले तत्कालीन काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स कम्पनीलाई प्राप्ती गरी एकीकृत कारोवार गर्दै आएको छ । 

    ती वित्तीय संस्थालाई गाभेर गत असार १६ गतेदेखि संयुक्त कारोवार गरेकाले सो मितिले दुई वर्षभित्र गाभिएको अवस्थामा कायम रहेका शेयरधनीलाई वितरण गरेको लाभांशमा कर नलाग्ने व्यवस्था रहेको बैंकले जनाएको छ । बैंकले सोही अवधारणाका आधारमा लाभांश शेयरमा कर प्रयोजनाका लागि नगद लाभांशको व्यवस्था नगरिएको बताएको छ । 

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe