• surkhet online bazar
  • schedule आइतवार, जेष्ठ ५, २०७६

    प्रेस युनियन अध्यक्षमा आचार्यकाे सिफारिस

    २१ पुष २०७५, शनिबार १९:१६

    Sharing is caring!

    चितवन । नेपाल प्रेस युनियन जिल्ला शाखा चितवनले नेपाल प्रेस युनियनको आगामी नबौ महाधिवेशनमा अध्यक्षपदको लागि आफ्ना सदस्य दीपक आचार्यलाई उठाउने निर्णय गरेको छ ।

    युनियनका चितवन अध्यक्ष अनिल ढकालले जारी गरेको बिज्ञप्तिमा युनियनको पुष २१ गते बसेको पूर्ण बैठकले नेपाल प्रेस युनियनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष दीपक आचार्यलाई युनियनको आगामी नबौ माहाधिबेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने निर्णय गरेको उल्लेख छ ।

    बिज्ञप्तिमा दीपक आचार्य बिगत लामो समय देखि नेपाल प्रेस युनियनमा क्रियाशील रही आएका, युनियनको पोखरामा सम्पन्न  आठौ महाधिबेसनमा बरिस्ठ उपाध्यक्ष जितेका र इटहरीमा सम्पन्न सातौ महाधिबेसनमा मध्यमान्चल संयोजकको भूमिका निर्बाह गरिसकेकोले पनि नबौ महाधिबेशनको लागि अध्यक्ष पदको स्वाभाविक दाबेदार रहेको उल्लेख गरिएको छ |

    पत्रकार आचार्य  चितवनबाट प्रकाशित हुने नयाँ सृष्टि को कार्यकारी सम्पादक , पिपलबोट साप्ताहिकको प्रधान सम्पादक हुदै हाल  प्रत्यक्ष रुपमा युगवाणी डट कम  न्युज   पोर्टलमा कार्यरत छन् भने अन्य विभिन्न संचार मध्यममा लेख लेक्ने गरेका छन् |

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares