• surkhet online bazar
  • karnali states student admission campaign
  • schedule शुक्रबार, बैशाख १३, २०७६

    सरकारले संघीयता कमजोर बनायो : कांग्रेस

    ४ आश्विन २०७५, बिहीबार ०८:३३

    काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारले संघीयता बलियो बनाउन नसकेको आरोप लगाएको छ । संविधान दिवसको अवसरमा बुधबार कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै सरकार नै संघीयतालाई कमजोर बनाउन उद्यत रहेको आरोप लगाएको हो ।
    उसले दुईवटा बाहेकका प्रदेशको नामकरण नहुनु, प्रदेश राजधानीहरुको अन्तिम टुंगो लाग्न नसक्नु, संघीय सरकार र प्रदेश सरकारबीच सहज तादाम्यता स्थापित नहुनुलाई कमजोरीका रूपमा औंल्याएको छ । केन्द्र र प्रदेश सरकारबीचको द्वन्द्व सार्वजनिक रूपमा नै अभिव्यक्त हुनु तथा प्रदेश स्तरमा कुनै पनि निकायको सांगठनिक संरचना विस्तार नगरिनुले सरकार नै संघीयतालाई कमजोर बनाउन उद्यत रहेको कांग्रेसको ठहर छ । अाजकाे राजधानीमा खबर छ ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe