संविधान निर्माणका तीन वर्ष, राजनीतिमा गति, विकासमा सुस्त -
  • काठमाडौं।

    संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको तीन वर्ष पुगेको छ । यस अवधिमा राजनीतिक उपलब्धि धेरै र विकास तथा आर्थिक उपलब्धि भने सुस्त देखिएको छ ।
    संविधान निर्माणपछि तीन तहको निर्वाचनसँगै सबै तहमा जननिर्वाचित सरकार र केन्द्रमा स्थिर सरकार बनेको छ । ती सरकारले सुशासन, विकास निर्माण भ्रष्टाचार अन्त्यलगायतका क्षेत्रमा सर्वसाधारणले महसुस हुनेगरी नतिजा दिन सकिरहेका छैनन् ।

    संविधानअनुसार भएको निर्वाचनले संसद्मा राजनीतिक दलको आकार मात्र घटाएन तिनकोे संरचनासमेत परिवर्तन गरायो । कम्युनिस्ट दुई ठूला दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर एउटै दल बनेका छन् । मधेसका सानातिना ६ वटा दल मिलेर राष्ट्रिय जनता पार्टी बनेको छ । लोकतान्त्रिक फोरम नेपाल कांग्रेसमा विलय भएको छ । अाजकाे राजधानीमा खबर छ ।