नागढुंगा सुरुङमार्ग बनाउन ३५ कम्पनी इच्छुक, चिनियाँ कम्पनी मात्रै २० वटा -
  • काठमाडौं । नागढुंगामा बढ्दो सवारी चापलाई कम गर्न, सवारी दुर्घटनालाई कमी ल्याउनेलगायतका उद्देश्यले निर्माण गर्न लागिएको नागढुंगा सुरुङ मार्गको निर्माणका लागि सडक विभागले एक महिनाअघि ग्लोबल टेन्डर आह्वान गरिसकेको छ ।

    अगस्ट १० मा आह्वान भएको टेन्डरको अवधि अक्टोबर १० सम्म तोकिएको छ । टेन्डर आह्वान भएको १ महिनामा मात्रै ३५ निर्माण कम्पनीले इच्छा देखाएको विभागले जनाएको छ ।

    इच्छा देखाएका ३५ निर्माण कम्पनीमध्ये २० वटा मात्रै चिनियाँ कम्पनी रहेको विभागका इन्जिनियर छविलाल पौडेलले बताउनुभयो । ‘ग्लोबल टेन्डर आह्वान भएको आधा अवधिसम्म यति धेरैले इच्छा देखाएको छ कि चिनियाँ कम्पनी मात्रै २० वटा छन्’ –उहाँले भन्नुभयो ।

    उहाँका अनुसार चाइनिज २०, नेपाली १०, जापानी ३, भारतीय १ र टर्कीको १ निर्माण कम्पनीले सुरुङ मार्ग बनाउने इच्छा गरेको छ । विभागले फागुनदेखि निर्माण चरणमै जान निर्माण कम्पनी छनोट र सम्झौता गर्ने जनाएको छ । अाजकाे नेपाल समाचारपत्रमा खबर छ ।