schedule शनिबार, चैत्र १५, २०७६

‘प्रजातन्त्रका लागि अपहरण’

३० श्रावण २०७४, सोमबार १८:३७

Sharing is caring!

काठमाडौँ । राजनीतिक महत्व बोकेको विमान अपहरणको घटनालाई समेटेर तयार पारिएको ‘प्रजातन्त्रका लागि अपहरण’ वृत्तचित्र काठमाडौंमा सार्वजनिक भएको छ ।

पत्रकार जगत नेपालद्वारा निर्देशन गरिएको वृत्तचित्र हालै काठमाडौंमा प्रदर्शन गरिएको हो ।

विसं २०३० जेठ २८ मा विराटनगरबाट नेपाल राष्ट्र बैंकको ३० लाख भारतीय रुपैयाँ बोकेर काठमाडौँ आउँदै गरेको तात्कालिन शाही नेपाल वायु सेवा निगमको विमान नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको योजनामा अपहरण गरेर भारतको फारविसगञ्जको घाँसे मैदानमा अवतरण गरिएको थियो ।

कोइरालाको निर्देशनमा भएको विमान अपहरणमा प्रत्यक्ष संलग्न थिए दुर्गा सुवेदी, वसन्त भट्टराई, नगेन्द्र ढुंगेल।

वृत्तचित्र प्रदर्शनका क्रममा पत्रकार नेपालले विमान अपहरण एशियाकै पहिलो अपहरण भएको बताए। उनले वृत्तचित्र नेपालको राजनीतिको ऐतिहासिक पृष्ठभूमिमा निर्माण भएको स्पष्ट पारे।

वृत्तचित्र हेरेपछि प्रतिक्रिया दिँदै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आर्थिक अभावमा पार्टी सञ्चालनका लागि काँग्रेसले विमान अपहरण गर्न बाध्य भएको बताए। उनले यसलाई वृत्तचित्रमात्र नभई चलचित्रका रुपमा निर्माण गर्नुपर्नेमा जोड दिए।

कांग्रेस नेता गगन थापाले प्रजातन्त्र प्राप्तिका लागि कांग्रेसले गरेको योगदानलाई वृत्तचित्रले समेटेको चर्चा गर्दै आम कार्यकर्तालाई यसबारे जानकारी दिनु जरुरी रहेको बताए।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
shares