schedule शनिबार, माघ ४, २०७६

कैलाश यात्रा (चित्रकथा)

८ श्रावण २०७४, आईतवार १४:४०

Sharing is caring!

माउन्ट कैलाश अर्थात् मानसरोवर हिन्दु तथा बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल । कैलाश दर्शनपछि स्वर्ग गइन्छ भन्ने जनविश्वास छ । धार्मिक मात्र नभएर पर्यटकीय हिसाबले पनि निकै प्रख्यात छ कैलाश पर्वत । यसको यात्राका लागि हुम्लाको सिमिकोट, सिन्धुपाल्चोकको खाका र रसुवाको केरुङ हुँदै जान सकिन्छ । अहिले दुवै नाका बन्द भएपछि सिमिकोट हुँदै तीर्थयात्री मानसरोवर जाने गर्छन् ।

नेपालगन्जदेखि सिमिकोटसम्मको हवाई यात्रापछि ३ दिन पैदल हिँडेपछि मानसरोवर पुग्न सकिन्छ ।
हिल्सादेखि मानसरोवरसम्म जिप र बसको यात्रा गर्न सकिन्छ । यहाँको यात्राको लागि भिसाको समस्या भने प्रमुख मानिन्छ ।

२०७२ को भूकम्पपछि यो नाका भएर मानसरोवर जाने तीर्थयात्रीको संख्या बढेको छ । यात्रुको चाप बढेसँगै हुम्लामा अहिले नेपालगन्जदेखि तारा, गोमा, सिम्रिक, सीता एयरले उडान भरिरहेका छन् । हुम्लाको सिमिकोटदेखि हिल्सासम्म माउन्टेन एयर, मनाङ, सिम्रिक, श्री एयरले तीर्थयात्री ओसार्छन् ।



शब्द/तस्बिरः केशव न्यौपाने
(टोटल मासिकबाट)

 

कैलाश यात्रा (चित्रकथा)

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
shares