schedule आइतवार, माघ ५, २०७६

नेप्सेमा २३ अङ्कले घट्यो

१३ कार्तिक २०७३, शनिबार १८:२७

Sharing is caring!

काठमाडौँ, १३ कात्तिक । गत साता ९ अङ्कले घटेको नेप्से यस साताको अन्तिम दिन २३ अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २२ दशमलव ६८ अङकले घटेर अन्तिम दिन एक हजार ७५९ दशमलव ७१ अङ्कमा पुगेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १५१ कम्पनीका २३ हजार ६२६ कारोबारबाट रु चार अर्ब १२ करोड ४० लाख १३ हजार बराबरका ४९ लाख ३३ हजार ५७० कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३७ दशमलव शुन्य ५ प्रतिशत बढी हो ।

गत साता १४९ कम्पनी १७ हजार १७८ कारोबारबाट रु तीन अर्ब एक करोड २८ लाख ५३ हजार बराबरका ३८ लाख ८८ हजार दुई सय कित्ता सेयर खरिद बिक्री भएका छन् ।

‘क’ वर्गका कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ५ दशमलव २३ अङ्कले घटेर ३८१ दशमलव १५ अङ्कमा आइपुगेको छ । यससाता कारोबार रकमको आधारमा माछापुछ्रे बैंक लिमिटेड अग्रस्थानमा रहेका छन् ।

त्यसैगरी कारोबार भएको सेयर सङख्याका आधारमा तथा कारोबार सङ्ख्याका आधारमा पनि माछापुछ्रे बैंक लिमिटेड अग्रस्थानमा रहेका छन् । यससाता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
shares