schedule शनिबार, चैत्र २२, २०७६

विद्युत् महशुल किस्तामा पनि तिर्न सकिने

७ भाद्र २०७३, मंगलवार ०६:५४

Sharing is caring!

काठमाडौ ७ भदौ–धेरै विद्युत् महशुल तिर्न बाँकी रहेका ग्राहकले किस्तामा पनि बक्यौता तिर्न पाउने भएका छन् । तिर्ने प्रक्रियामा जान इच्छुक तर एकैपटक तिर्न नसक्ने ग्राहकले किस्तामा पनि तिर्न सक्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले बताए । ‘यदि एकैपटकमा तिर्न नसक्ने हो भने किस्ताबन्दीमा पनि तिर्ने व्यवस्था मिलाएका छौं,’ निर्देशक काफ्लेले भने, ‘एकैचोटि बुझाउनेका लागि नियमानुसार छूटको पनि व्यवस्था रहेको छ ।’

ऊर्जामन्त्री जनार्दन शर्माले दिएको निर्देशनअनुसार नेपाल विद्युत् प्राधिकरणले विद्युत् महशुल नबुझाउने ग्राहकको लाइन काट्न शुरू गरेपछि उत्पन्न अन्योललाई व्यवस्थापन गर्न यसो गरिएको हो । भदौ १ गते प्राधिकरणको ३१औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले पहिलो चरणमा सबैभन्दा धेरै महशुल नबुझाउने ग्राहकको लाइन काट्न निर्देशन दिएका थिए ।आर्थिक अभिायन दैनिकमा खबर छ ।

पहिलो चरणमा मुख्यतः देशको पश्चिमी क्षेत्रका साथै उपत्यकाकै केही ग्राहकबाट लाइन काट्न शुरू गरेको प्राधिकरणले यो प्रक्रिया क्रमिक रूपमा अघि बढाउने कार्यकारी निर्देशक काफ्लेको भनाइ छ । कारबाहीको पहिलो चरणमा दूरसञ्चार सेवाप्रदायक, मिल, उद्योग, सहकारीलगायत संस्था परेका छन् । काफ्लेका अनुसार मङ्गलवार सूचना जारी गरी अस्पताल तथा संवेदनशील सेवाका निकायहरूलाई बक्यौता महशुल तिर्न ताकेता गरिनेछ ।

सबैभन्दा धेरै बक्यौता सडकबत्तीका लागि महानगरपालिककाको रू. ३ अर्ब रहेको छ । ठूला व्यावसायिक घरानाहरूले नियमित रूपमा महशुल बुझाउँदै आएको तर साना व्यापारी÷व्यवसायीका साथै सङ्घसंस्थाको बक्यौता बढी छ । सोही कारण मुलुकभरि गरी करीब रू. १० अर्ब बक्यौता प्राधिकरणले उठाउन बाँकी रहेको बताएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
shares