सोमवार, अशोज ५, २०७७

अर्थमन्त्री हुने योग्यता !

२१ श्रावण २०७३, शुक्रबार ०६:५५

काठमाडौं, २१ साउन – गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा २०४८ सालमा काँग्रेस नेतृत्वको सरकार बनेपछि अन्तराष्ट्रिय मुद्राकोषका अर्थशास्त्री सुकदेव शाहलाई अर्थमन्त्री बन्न प्रस्ताव गरियो ।

उनले उक्त प्रस्तावमा आनाकानी गरे । एकथरीका अनुसार शाहले अर्थमन्त्रीको तलब कति हुन्छ भनेर सोधेपछि प्रधानमन्त्री कोइराला आक्रोशित भएका थिए । अर्थमन्त्रीजस्तो पद अफर गर्दा तलब सोध्ने भन्दै कोइराला बम्किएका थिए ।

डा. रामशरण महतका अनुसार शाहले उनलाई चिठी लेखेर परिवार नै नेपालमा बसाँई सराइ गर्ने अवस्थामा आफू नरहेको कारण देखाई क्षमायाचना गरेका थिए ।

प्रधानमन्त्री कोइरालाले त्यति बेला नुवाकोटबाट चुनाव हारे डा. महतलाई नै अर्थमन्त्री बनाउन चाहेका थिए । तर, गणेशमान सिंह र कृष्णप्रसाद भट्राईले चुनाव हारेकालाई राष्ट्रिय सभामा ल्याउन नहुने भनेपछि अमेरिका बस्ने अर्थशास्त्रीलाई प्रस्ताव गरिएको थियो ।

यसरी अर्थमन्त्रीका लागि अर्थशास्त्री नै खोज्नुको कारण त्यस बेलाको प्रचलन थियो । त्यसअघि कृष्णप्रसाद भट्राई नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री देवेन्द्रराज पाण्डे त अर्थशास्त्रका पिएचडी थिए नै अर्थसचिवबाट जागिर छाडेका विद्धान् थिए । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share