बिहिबार, साउन २९, २०७७

टिरिसा मे बनिन् बेलायतकी दोस्रो महिला प्रधानमन्त्री

३० असार २०७३, बिहीबार १५:०१

काठमाडौं, ३० असार । कन्जरभेटिभ पार्टी नेतृ टिरिसा मे बेलायतको इतिहासमा दोस्रो महिला प्रधानमन्त्री भएकी छन् । बुधबार बेलायती संसद हाउस अफ कमन्समा आफ्नो अन्तिम सम्बोधन गरेर प्रधानमन्त्री डेभिड क्यामरुनले बकिंगहम प्यालेसमा महारानी एलिजावेथ समक्ष राजनीमा गरेका थिए।

त्यो लगतै महारानी एलिजावेथले नयाँ कन्जरभेटिभ पार्टी नेतृ टिरिसा मे लाई प्रधानमन्त्रीमा नियुक्ति गरेपछि टिरिसा मे बेलायतको दोश्रो महिला प्रधानमन्त्री बनेकी हुन् । बेलायती इतिहासमा आइरन लेडी उपनामले चर्चित मार्गरेट थ्याचरपछि दोस्रो महिला प्रधानमन्त्री भएर मेले इतिहास रचेकी छिन्।

५९ वर्षिया मे कन्जरभेटिभ पार्टीका तर्फबाट सन् १९९७ मा पहिलो पटक सांसद निर्वाचित भएकी थिइन्। अन्य सहकर्मीको तुलना उनको राष्ट्रिय राजनीतिमा प्रवेश ढिलो गरी भयो। तर त्यसपछिका वर्षमा उनले तीव्र गतिमा राजनीतिक सफलताका खुट्किला चढ्दै सन् २०१० मा प्रधानमन्त्री डेभिड क्यामरुनको क्याबिनेटमा गृह मन्त्रालय सम्हालिन्।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share