schedule आइतवार, माघ ५, २०७६

कांग्रेस माओवादी केन्द्र र संघीय गठबन्धनको बैठक सकियो, रामचन्द्र पौडेलको चार बुँदे प्रस्ताव अस्वीकृत

७ श्रावण २०७३, शुक्रबार १२:२४

Sharing is caring!

काठमाडौं, ७ साउन । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सहमतिका लागि सारेको चार बुँदे प्रस्ताव कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठकले अस्वीकार गरेको छ ।

वजेट आश्रित बिद्येयक माथिको छलफल अगाडिको अविश्वासको प्रस्तावको छलफल अगाडि भन्नेमा दलहरुका बीचमा सहमति हुन नसकेपछि कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले प्याकेजमा सहमति गर्ने गरि बिकल्प अगाडि सारेका थिए । तीन दलले प्रधानमन्त्री विरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता नलिने प्रष्ट पारेका छन् । विहिवार कांग्रेस संसदीय दलको कार्यालयमा बसेको प्रमुख तीन दलको बैठकमा कांग्रेस नेता पौडेलले अविश्वासको प्रस्ताव फिर्ता लिने र प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने विकल्पसहितको नयाँ प्रस्ताव पेश गरेका थिए ।

बैठकपछि कांग्रेस नेता विमलेन्द्र निधिले अविश्वासको प्रस्ताव कुनै हालतमा फिर्ता नहुने भन्दै आजबाट हामी प्रधानमन्त्रीको राजीनामा नमाग्ने बताए । उनले संसदमा बजेट आश्रित विधेयक नभइ सिधैं अविश्वासको प्रस्तावमा पहिले छलफल हुनुपर्ने बताए । कांग्रेस, माओवादी र मधेसवादी दलको बैठकमा आगामी सरकारबारे पनि छलफल भएको थियो । बैठकमा मोर्चाका नेताहरुले मधेसवादी दलका माग सम्बोधनको सुनिश्चितता मागेका थिए ।

कांग्रेस र माओवादीका नेताहरुले आफूहरुबीच भएको सात बुँदे सम्झौतामै आन्दोलनरत मधेसी मोर्चा लगायतका दललाई सहमतिमा ल्याउने उल्लेख भएकाले शंका गर्नु नपर्ने बताएका थिए ।बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीसँग कुरा गर्दै सात बुँदे सहमतिको एक नम्बर बुँदामा जनाइएको प्रतिबद्धताअनुसार नै मधेसवादीका माग सम्बोधन हुने बताए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
shares