साउन ७ गतेदेखि सुर्खेत धार्मिक शिव महामहोत्सव लाग्ने -

मङ्लबार, अशोज ९, २०७५ | Tuesday 25th September 2018

  • सुर्खेत, २७ असार । सुर्खेतका प्रख्यात लाटिकोइलीस्थित शिव मन्दिरमा आगामी साउन ७ गतेदेखि १० दिने लाटिकोइली सुर्खेत धार्मिक शिव महामहोत्सव लाग्ने भएको छ ।


    साउन वीरेन्द्रनगर ९ स्थित शिव मन्दिरमा साउन १७ गतेससम्म हुने महोत्सवले मन्दिरको संरक्षण र सम्वद्र्धनका साथै मन्दिरलाई पर्यटकीय गन्तव्यका रुपमा समेत विकास गरिने बताइएको छ । शिव महापुराण श्रावण महोत्सवका मूल आयोजक समितिका अध्यक्ष ध्रुबकुमार श्रेष्ठले जिल्लाकै सवैभन्दा पुरानो मन्दिर भएकोले यसलाई आधुनिक तरिकाबाट प्रचारप्रसार गर्नका लागि महोत्सवको आयोजना गर्न लागिएको बताए । महामहोत्सवबाट करिब १ करोड संकलन गर्ने लक्ष्य छभने सो रकमबाट प्रवेशद्वार, पर्खाल निर्माण, पूजाआजा व्यवस्थित र बगैंचा निर्माण गरिने अध्यक्ष श्रेष्ठले बताए ।

    साथै विभिन्न निकायबाट सहयोगको आव्हानपनि उनले गरेका छन् । परम्परा, संस्कृति, ऐतिहासिकता र धर्मलाई एकैसाथ संरक्षण र सम्बद्र्धन गर्दै आधुनिकतासँग जोडेर पर्यटकीय विकास गर्न सकिने भएकोले शिव मन्दिरममा महापुराण लगाउन लागिएको अध्यक्ष श्रेष्ठले जनाए । २० लाख भन्दा बढी खर्च नगर्ने लक्ष्य राखिएको उत्सवमा गोविन्दशरण महाराज संकल्पकर्ता रहेका छनभने नारायण न्यौपाने वाचकको रुपमा रहेका छन् । महोत्सव व्यवस्थित गर्नका लागि धनबहादुर सिंजालीको अध्यक्षतामा खरिद उपसमिति र मिलन श्रेष्ठको अध्यक्षतामा प्रचारप्रसार समिति गठन गरिएको छ ।