‘विद्यार्थीलाई पुस्तक मात्र होइन, देश पढाउनुस् ।’ : कांग्रेस प्रवक्ता शर्मा -

शुक्रबार, कार्तिक ३०, २०७५ | Friday 16th November 2018

  • सल्यान, १९ जेठ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल अहिलेसम्म कसैको दास र उपनिवेशमा परेको देश नभएकै कारण नेपाली क्षमतावान भएको बताएका छन् । उनले भने, ‘स्वतन्त्रता दिवस मनाउँदा भारतले गर्व गरेपनि अनुहार खुम्च्याउनु पर्ने अवस्था हामी नेपालीलाई छैन्, किन की हामीले स्वतन्त्रताको लडाई कहिल्यै लड्नु परेन्, त्यसैले हामीसंग अरुभन्दा तुलनात्कम रुपमा बढी क्षमता छ ।’

    नेपाल शिक्षक संघ सल्यानद्वारा आयोजित नेपाल शिक्षक संघको २९ औं प्रतिनिधि सभालाई सम्बोधन गर्दै कांग्रेस प्रवक्ता शर्माले विद्यार्थीलाई आकर्षण दिन सक्ने गरी काम गरेनौं भने निराशा पैदा हुने र देश बनाउन नसक्ने अवस्थामा पुग्ने बताएका छन् । उनले भने, ‘विद्यार्थीलाई पुस्तक मात्र होइन, देश पढाउनुस् ।’