होमस्टेले ल्याएको परिवर्तन -
  • सुर्खेत, १३ चैत । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाका जनजाती समुदायका महिलाहरुले संचालन गरेको होमस्टेले उनिहरुको जीवनशैलीमा परिवर्तन ल्याएको छ । केहि समय अघिसम्म घरखर्चकालागि श्रीमानलाई विदेश पठाउने महिलाहरुले होमस्टे सुरु गरेर स्वदेशमै आर्थिक उन्नति गर्न सफल भएका हुन् ।

    दुई वर्ष अघिसम्म सुर्खेतको बराहताल गाउँपालिका ५ बड्डिचौरकी कुमारी सारुमगरलाई घरखर्च चलाउन निकै समस्या थियो । वर्षभरि कुटोकोदालो गरेर घरखर्च र बालबालिकाको खर्च धान्नै समस्या हुन थालेपछि श्रीमानलाई विदेश पठाउने तयारी गरिरहेका बेला गाउँमै होमस्टे संचालन गररे आम्दानी हुन्छ भन्ने थाहा पाएपछि घरमा होमस्टे संचालन गरे । अहिले उनको परिवारलेमात्रै होइन मगर बस्तीका २६ घरमा होमस्टे संचालन गरिएको छ । होमस्टेले गाउँबाट रोजगारीकालागि खाडीमुलुक जानेक्रम पनि राेकेकाे छ ।

    गाउँमा संचालन गरिएको होमस्टेमा आउने पर्यटकहरुलाई आफ्नो दक्ष अनुसार मिठोमसिनो खुवाएर पठाउने गरेको उनीहरुले बताए । बहिरबाट आउने पर्यटकहरु ५ देखि १० दिनसम्मको प्याकेज लिएर आउने गरेका छन् ।

    बड्डिचौरको सालघारी र सुन्दरीमा संचालन गरिएको होमस्टेमा मगर सांस्कृति कार्यक्रम स्थानिय खानपानाको व्यवस्था गरिएको छ । दश दिनको प्याकेजमा आएकाले झण्डै २ लाख र पाँच दिनको प्याकेजमा आएका पर्यटले एक लाख पचास हजार तिर्ने गरेका छन् ।

    महिनामा यस्ता प्याकेज लिएर आउने दुई तिन टोली आउने गरेको छन् । होमस्टेमा आउने पर्यटकहरुलाई मनोरञ्जनकालागि मगर समुदायको संस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिन्छभने रातीमा भजनकृतन गर्ने गरेका छन् । मगर समुदायले यस होमस्टेलाई थप व्यवस्थीत गर्न दाता निकायको खोजी गरिरहेका छन्।