पूर्वाधार विकासमा लगानी बढाउन साझेदार संस्थाहरुलाई आह्वान -

मङ्लबार, अशोज ९, २०७५ | Tuesday 25th September 2018

  • काठमाडौँ, २९ फागुन । सरकारले पूर्वाधार विकासमा लगानी बढाउन विकास साझेदार संस्थाहरुलाई आह्वान गरेको छ ।

    अर्थ सचिव शंकरप्रसाद अधिकारीले पूर्वाधार विकासका लागि आवश्यक लगानी गर्न अन्तराष्ट्रिय विकास साझेदार संस्थाहरुलाई आह्वान गरेका हुन् । मंगलबार विश्व बैंकले तयार पारेको नेपालको विकासको मोडलसम्बन्धि प्रतिवेदन सार्वजनिक गर्दै उनले नेपाल सरकारले पूर्वाधारको विकास गरी गरिवी घटाउने अभियानलाई तीव्रता दिन चाहेको पनि स्पष्ट पारे । अर्थसचिव अधिकारीले कृषि उत्पादनमा वृद्धि गरी नेपाल गरिवी घटाउन उत्तिकै अग्रसर रहेको पनि स्मरण गराए ।

    अर्थसचिव अधिकारीले सरकार कृषि उत्पादनलाई बढावा दिएर नेपालको गरिवी हटाउने गरी अन्तराष्ट्रिय बजार प्रवद्र्धन गर्न लागि परेको पनि बताए । उनले कृषि उत्पादनलाई बढाउन सरकारले सिँचाई क्षेत्रमा पनि लगानी बढाउने योजना पनि सुनाए ।