२०७५ देखि सुर्खेतमा शेयरको कारोबार हुने -

बुधबार, पुस ४, २०७५ | Wednesday 19th December 2018

  • सुर्खेत, २९ फागुन । नयाँ बर्ष २०७५ देखि सुर्खेतमा शेयरको कारोबार हुनेभएको छ । नेपाल स्टक एक्सचेन्ज लि. (नेप्से)ले मंगलवार सुर्खेतमा आयोजना गरेको सी–आस्वा–डिम्याट सम्वन्धी लगानीकर्ता सचेतना कार्यक्रममा नयाँ बर्षदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शेयरको खरिद विक्री हुने जानकारी गराइएको हो ।
    शेयर कारोबारका लागि इम्पेरियर सेक्युरिटी कम्पनीले युनाइटेड फाइनान्ससंग मिलेर काम गर्दैछ । कम्पनीका उदयराज अधिकारीले सुर्खेतमा नयाँ बर्षदेखि शेयरको खरिदविक्री कार्य सुरु हुने जानकारी दिए । उनले यस प्रदेशका लागि यो नया“ व्यवसाय भएको उल्लेख गर्दै आफूहरुले शेयर कारोबारका साथै व्यवसायमा देखिएका समस्याहरु समाधान गर्ने बताए । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का सिईओ देवप्रकाश गुप्ताले डिम्याट र सी–आस्वाको वारेमा जानकारी गराएका थिए । उनले बैंकमा रकम जम्मा गर्न र झिक्न खाता खोलेजस्तै शेयरको खरिद र विक्री गर्ने खाता नै डिम्याट भएको प्रकाश पारे । उनले नेपालका ७२ जिल्लामा डिम्याट खाता खोल्न सकिने जानकारी दिए । उनले बैंक, सुनचाँदी, घरजग्गमा शेयर लगानी गर्न सकिने उल्लेख गरे ।
    यसैगरी नेप्सेका भेषराज खनालले शेयर कारोबार गर्ने जानकारी गराएका थिए । नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले कर्णाली प्रदेशका लागि शेयरको कारोबार नयाँ भएको भन्दै यसमा पनि लगानी गरी मुनाफा आर्जन गर्न सकिनेमा जोड दिए ।