बंगलादेशका नागरिक उडड्यनमन्त्री काठमाडौंमा -

बुधबार, कार्तिक ७, २०७५ | Wednesday 24th October 2018

  • काठमाडौं, २९ फागुन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा सोमबार दुर्घटनाग्रस्ता यूएस बंगला विमानबारे विस्तृत जानकारी लिन बंगलादेशका नागरिक उडड्यनमन्त्री एकेएम शाहाजहान कमालसहितको एक उच्चस्तरीय टोली काठमाडौं आईपुगेको छ।

    बंगाल विमानको नियमित उडानबाट बंगलादेशका नागरिक उडड्यनमन्त्री कमालसहितको उच्चस्तरीय टोली मंगलबार मध्यान्ह काठमाडौँ आई पुगेको हो । विमानस्थलमा संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले विमान दुर्घटनाको कारणको खोजी गर्न आफूहरु नेपाल आउनु परेको बताए ।

    बंगलादेशकी प्रधानमन्त्री शेखहसिना वाजेदले पठाएको टोलीमा त्यहाँका परराष्ट्र राज्यमन्त्री शाहरिर अलाम तथा नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारी रहेका छन । टोलीको साथमा विमान दुर्घटनामा परी ज्यान गएकाका परिवारका सदस्यहरु पनि आएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    टोलीले विमान दुर्घटनाबारे सम्बन्धित अधिकारीहरुसँग विस्तुत जानकारी लिनेछ । सोमबार दुर्घटनाग्रस्त भएको विमानमा ३३ जना नेपाली र ४ जना चालक दलका सदस्यसहित ३६ जना बंगाली, एक चिनिया र एक माल्दिभ्सका नागरिक सवार रहेका थिए । दुर्घटनामा परी २२ जना नेपाली, २८ जना बंगलादेशी र १ चिनियाँ नागरिकको मृत्यु भएको छ ।

    यता, घाइते अन्य २० जनाको काठमाडौंको विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ । विमान दुर्घटना भएलगत्तै प्रधानमन्त्री केपी ओलीले टेलिफोन संवादमार्फत बंगलादेशका प्रधानमन्त्री शेखहसिनालाई घटनाबारे जानकारी गराएका थिए । नेपाल सरकारले गठनको छानवीन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।