विहीबारसम्म मन्त्रीपरिषदले पूर्णता पाउँछ - दाहाल -

बुधबार, पुस ४, २०७५ | Wednesday 19th December 2018

  • काठमाडौं, २९ फागुन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले विहीबारसम्म मन्त्रीपरिषदले पूर्णता पाउने विश्वास व्यक्त गरेका छन् ।

    अध्यक्ष दाहालले प्रधानमन्त्री केपी ओलीसँग मंगलबार विहान पनि मन्त्रीपरिषदलाई पूर्णता दिने विषयमा लामो छलफल गरिएको पनि स्पष्ट पारेका छन् ।

    मंगलबार संघीय संसद भवन परिसरमा राष्ट्रपति निर्वाचनमा मतदान गरेपछि संचारकर्मीमाझ उनले सबै निर्वाचन आधारभूत रुपमा सम्पन्न भईसकेको उल्लेख गर्दै मुलुक अव स्थिरता र विकासको नयाँ लडाईमा प्रवेश गरेको बताए । उनले राष्ट्रपतिसहित सबै तहको निर्वाचन सम्पन्न हुनु सिंगो देशकै निम्ति खुसीको कुरा भएको पनि प्रतिक्रिया दिए ।

    अध्यक्ष दाहालले यो वर्ष चुनावी वर्षको रुपमा इतिहासमै दर्ज भएको पनि उल्लेख गरे ।