सुर्खेत रेडक्रसमा पुनः आचार्य -

सुर्खेत, २६ फागुन । नेपाल रेडक्रस सोसाइटी सुर्खेतको सभापतिमा पुनः रामलाल आचार्य निर्वाचित भएका छन् । रेडक्रसको ३७ औं साधारणसभापछि शनिबार सम्पन्न निर्वाचनबाट आचार्य पुनः सभापतिमा निर्वाचित भएका हुन् । उनले अध्यक्षका प्रत्यासी देव गौतमलाई पराजित गरेका हुन् ।

त्यसैगरी सदस्यहरुमा अमृता सापकोटा, हिरालाल ढकाल, टिकाराम सोमै, कमलप्रसाद नेपाल, प्रदिप्त पौडेल, चेतनकुमार सुवेदी, देवबहादुर ढकाल, किशोरकुमार रेग्मी, लिलाराम सुवेदी, नवराज पौडेल, मोतिप्रसाद खराल र हिरामणी पौडेल निर्वाचित भएका छन् ।