चेपाङमा निःशुल्क स्वास्थ्य शिविर -

बुधबार, पुस ४, २०७५ | Wednesday 19th December 2018

  • सुर्खेत, २६ फागुन । विंग्स फाउन्डेसन नेपाल र नेपाल बाल पोलि क्लिनिक सुर्खेतको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर तथा कपडा एंव स्टेशनरी सामग्री वितरण कार्यक्रम शनिबार कर्णाली प्रदेशको बराहताल गाउँपालिकाको चेपाङमा सम्पन्न भएको छ ।

    बराहताल गाउँपालिका ५ का अशक्त, असाय, र अति विपन्न बालबालिकालाई कपडा एंव स्टेशनरी सामग्री वितरणका साथै निःशुल्क उपचार गरिएको थियो । बाल बिशेषज्ञ नवराज के.सी.संगै गएको टोलीले १४ वर्ष मुनिका बालबालिकालाई विभिन्न रोग सम्बन्धि निःशुल्क उपचार गराएको हो । शिविरमा १७१ बालबालिकाहरुलाई निःशुल्क उपचार संगै कपडा एंव स्टेशनरी वितरण गरेको छ ।

    शिविर कार्यक्रम बराहताल गाउँपालिका ५ का वडा अध्यक्ष तिलक मर्स्याङ्गीको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रममा बाल बिशेषज्ञ नवराज के.सी.ले आफुले अशक्त, असाय तथा अति विपन्न बालबालिकाहरुका लागि न्यानो सुर्खेत अभियान चलाउँदै आएको बताए । उनले चेपाङबासी बालबालिकाहरुलाई स्वास्थ्य र शिक्षामा ध्यान दिनुपर्ने बताए ।

    कार्यक्रममा बालसंरक्षण अधिकृत प्रेम आचार्य, वडा अध्यक्ष तिलक मस्र्याङ्दीले निःशुल्क रुपले आयोजना गरिएको शिविरबाट लाभ लिन सबैलाई आग्रह गरे ।