पत्रकार भण्डारी र चटौत सम्मानित -

धनगढी, १८ फागुन । डोटेली भाषा र संस्कृतिको संरक्षण योगदान पुर्याएको भन्दै पत्रकारद्वय मुकुन्द भण्डारी र धिरेन्द्र चटौतलाई कैलालीमा सम्मान गरिएको छ ।

सुदूर पश्चिमाञ्चल बहुउद्देश्यीय मञ्च धनगढीले सम्मान गरेको हो । पुरस्कारको राशी ११,१११ र सम्मान पत्र तथा दोसल्ला रहेको थियो । प्रदेश नं ७ का सामाजिक विकास मन्त्री दिर्घ सोडारीले पत्रकारद्धयलाई सम्मान गरेका थिए । समाजिक विकास संस्थाले पहिलो पटक यो सम्मान गरेको हो ।

सञ्चारकर्मी स्वर्गीय हेम मल्लको सम्झनामा, सु प बहुउद्देश्यीय मञ्च धनगढीको आगुवाइमा उनको परिवार, सामाजिक संघसंस्था र केही व्यक्तिहरूको सहयोगमा स्थापित ’हेम मल्ल स्मृति’ आम सञ्चार पुरस्कार स्थापना गरिएको छ ।

भण्डारी र चटौतले वि स २०५७ साल देखि रेडियो नेपालबाट डोटेलीभाषाको समाचार, समाचार मुलक कार्यक्रमा र डोटेली भाषाको सांगितिक कार्यक्रम, हजारी माला शुरु गरेका थिए ।

सामाजिक विकास मन्त्री दिर्घ सोडारी बाट पुरस्कार थाप्दै पत्रकार मुकुन्द भण्डारी । तस्विरः बिराज रोस्यारा