जनकपुरमा मिथिला परिक्रमा -

मङ्लबार, अशोज ९, २०७५ | Tuesday 25th September 2018

  • जनकपुर, १७ फागुन । मिथिलाञ्चलको धार्मिक एवम् ऐतिहारिक १५ दिने मिथिला मध्यमा परिक्रमा विहिबार जनकपुर आईपुगेको छ ।

    मिथिला परिक्रमाका लागि निस्केका श्रद्धालुहरु बिहिबार बिहान भारतको कलानेश्वरबाट जनकपुर आई पुगेका हुन । सदाझैं यस वर्ष पनि परिक्रमामा श्रद्धालुहरूको भीड देखिएको छ । जनकपुरधामस्थित अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकीको डोला र मिथिला बिहारी अर्थात् भगवान रामको डोलासँगै १५ दिनसम्म मिथिलाका विभिन्न धार्मिक स्थलहरूको परिक्रमा गर्ने प्रचलन छ । मिथिला महात्म्यका अनुसार मिथिलामा बृहत, मध्यमा र अन्तगृह गरी तीनवटा परिक्रमाको उल्लेख पाइन्छ । शुक्रबार भोली श्रद्धालुहरु अन्तगृह घुमेर परिक्रमालाई समापन गर्नेछन । जनकपुरमा यस पटक शनिबार होली पर्व मनाइदै छ । शुक्रबार मध्य परिक्रमा समापन गर्ने भएकाले त्यसको भोलीपल्ट शनिवार होली पर्व मनाउन लागिएको हो ।