प्रदेश २ को मन्त्रीपरिषद विस्तार -

जनकपुर, १६ फागुन । प्रदेश २ को मन्त्रिपरिषद् बुधबार विस्तार गरिएको छ ।

राष्ट्रिय जनता पार्टी, नेपालले २ मन्त्रीको टुंगो लगाएपछि बुधबार ४ मन्त्री र ३ राज्यमन्त्री थप गरी मन्त्रीपरिषद विस्तार गरिएको हो । मन्त्रीपरिषद विस्तार भएलगत्तै संघीय समाजवादी फोरम, नेपालबाट आन्तरिक मामिला तथा कानुनमन्त्रीमा ज्ञानेन्द्र यादव, भुमि व्यवस्था, कृषि तथा सहकारीमा शैलेन्द्र साह र राष्ट्रिय जनता पार्टी, नेपालबाट सामाजिक विकास मन्त्रीमा नवलकिशोर साह र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीमा रामनरेश रायले शपथ लिएका छन् ।

नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख रत्नेश्वरलाल कायश्थबाट सपथ लिएका हुन् । यस्तै फोरमबाट आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सरोज सिंह, भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा योगेन्द्र राय यादव र आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा उषा यादवले शपथ लिएका छन् । उनीहरुलाई मुख्यमन्त्री लालबाबु राउतले शपथ गराएका थिए ।