प्रदेश नं. ५ का मुख्यमन्त्री तथा मन्त्रीद्वारा शपथ -

बुधबार, पुस ४, २०७५ | Wednesday 19th December 2018

  • बुटवल, ३ फागुन । प्रदेश नं. ५ का प्रदेश प्रमुख उमाकान्त झाले सो प्रदेशको नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेललाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् ।

    प्रदेश प्रमुख निवास परिसरमा आयोजना गरिएको विशेष समारोहमा उनले देश र नेपाली जनताका नाममा सपथ लिएका हुन् ।

    मुख्यमन्त्री पोखरेलले नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीलाई आन्तरिक मामिला तथा कानुन र नेकपा (एमाले)का वैजनाथ चौधरी(थारु) लाई भौतिक पूर्वाधार विकास मन्त्रीमा आज नियुक्त गरेका छन् ।

    प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश प्रमुख निवास परिसरमा आयोजित समारोहमा उनीहरुलाई आजै पद तथा गोपनीयताको शपथ गराए ।

    सपथग्रहण कार्यक्रमपछि मुख्यमन्त्री पोखरेलले बुटवलस्थित मणिमुकुन्द सेन उद्यानमा रहेको सहिद स्मारकमा र पुष्पलाल पार्कमा रहेको पुष्पलालको शालिकमा माल्यार्पण गरेका थिए ।